नेपाल लाइफ इन्स्योरेन्सद्वारा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल लाइफ इन्स्योरेन्सद्वारा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालन



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ई-सेवा सँगको सहकार्यमा डाईनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । यो सेवा सुचारुका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले डाईनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै दोस्रो जीवन बीमा कम्पनी बनेको छ ।

अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका देशै भरिका शाखा तथा उपशाखाहरू बाट डाईनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डाईनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । हरेक ग्राहकको लागि फरक फरक त्तच् बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको छ ।

प्रकाशित : १२ माघ २०७९, बिहीबार २०:३५