नेसनल हाइड्रोपावरको खुद नाफा घट्यो, कस्तो छ अन्य सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेसनल हाइड्रोपावरको खुद नाफा घट्यो, कस्तो छ अन्य सूचक ?



काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १३.८८ प्रतिशतले कमी हो ।

गत वर्ष यसले ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा यस हाइड्रोपावरले ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ ।

गत वर्ष यस्तो आम्दानी ५ करोड ५५ लाख १३ हजार रुपैयाँ थियो । यसको वित्तीय खर्च ६१ लाख ३४ हजार रुपैयाँबाट बढेर ८१ लाख २३ हजार रुपैयाँ पुगेको छ । जसका कारण यस कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ ।

यस्तै, जगेडा कोषमा ३ करोड १२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९वार्षिकीकरण० १ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ११:४५