विश्व शेयर बजारका बादशाह वारेन बफेटका लगानी मन्त्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

विश्व शेयर बजारका बादशाह वारेन बफेटका लगानी मन्त्र



छोटो समयमा धेरै कमाउने चाहना सबै को हुन्छ । यहि चाहनाले कतिपय मानिसहरु  गलत बाटो अँगालछन् त कसैको लगानी गलत ठाउँमा फस्छ । धेरै कमाउने इच्छा कसको हुदैन तर त्यसको एउटा समय सिमा हुन्छ । आफु संग भएको पुंजीलाई सहि ढंगले लगानी गर्न सके त्यसको उचित प्रतिफल भने पक्कै पनि पाउन सकिन्छ । लगानीको लागि एउटा उपयुक्त गन्तब्य हो शेयर बजार । जहाँ धेरैले कमाएका छन् भने धेरैले गुमाएका पनि छन् । यो एउटा यस्तो ठाउँ हो जहाँ एक गलत निर्णयले आफ्नो जीवनभरको कमाई पुरै डुब्न सक्छ । शेयर बजारमा लगानी गरेरै आफुलाई विश्वको धनाड्य व्यक्तिको रुपमा स्थापित गर्न सफल वारेन बफेट लगानी गर्दा धेरै सम्हालिएर लगानी गर्नु पर्ने बताउछन् । समय समयमा उनका लगानी सम्बन्धि थुप्रै पुस्तक तथा लेख रचनाहरु प्रकाशित भई रहन्छन । तिनै लगानीगुरुका केहि महत्वपूर्ण लगानीका मन्त्रहरु जो नया तथा पुराना लगानीकर्ताहरुका लागि सधै उत्तिकै महत्वका साथ लिइन्छ ।

iwarant

१. विवेकपूर्ण लगानी निर्णय
बफेट का अनुसार ‘यदि कसैले उसको आवश्यकता बेगरको सामान किन्छ भने चाडै उसले आवश्यकीय वस्तु बिक्रि गर्छ’ । कहिलेकाही मानिसहरु आफुले आवश्यक नपरेको वस्तु पनि अरुलाई देखाउनको निम्ति किन्ने गर्छन । यसै मनोविज्ञानको फाइदा उठाऊछन् विभिन्न वस्तुहरु उत्पादन गर्ने कम्पनीहरुले बिज्ञापन मार्फत । यस्तो बेला हामीले आफै संग प्रश्न गर्नु आवश्यक छ , के यो वस्तु अति आवश्यकीय छ त ? कहिँ त्यसमा बढी लगानी त हुदै छैन ।
लगानी गर्दा सधै त्यसको प्रतिफल हेर्नु अति आवश्यक छ त्यति मात्र नभई त्यो संगै समान अन्य कम्पनीको प्रतिफल पनि दाज्नु जरुरी छ ।

२. बचत   ‘अनावश्यक लगानी भन्दा बचत उपयुक्त’
बफेट भन्छन् ‘हिजो कसैले रुख रोपेको कारण आज तिमी छायामा बस्न पाएका छौ’ । सुनौलो भविष्यको लागि आज बचत गर्नु जरुरी छ । हामी बचत त गर्छौ तर आकस्मिक कोषको लागि भने  पर्याप्त बचत गर्दैनौ किनकि हाम्रो ज्यादै ध्यान अल्पकालीन योजनाहरुमा मात्र केन्द्रित हुन्छ । मानिसका आवश्यकता कहिल्यै पुरा हुदैनन् त्यसैले आजैबाट अत्यावश्यक बाहेकका सबै बस्तुहरुमा गरिने लगानी बचत गरौ र एउटा कोष बनाएर उपयुक्त ठाउमा लगानी गरौ ।

३. धर्य गर्ने बानी बसालौ र दिर्घकालिन योजना बनाऊ
बफेट भन्छन् ‘तिमीसंग जतिसुकै ज्ञान र सीपको भण्डार रहेपनि त्यसको औचित्य रहदैन, यदि तिमीले समयमा त्यसको सदुपयोग गरेनौ भने’ ।
मुद्राको एउटा प्रवृति हुन्छ यो राता रात डङ्गुर लाग्दैन । रातारात पैसा कमाउने कुनै जादुको छडी हुदैन यसको लागि त उपयुक्त लगानी निर्णय र त्यसबाट प्राप्त हुने प्रतिफलको लागि समय आवश्यक हुन्छ । दिर्घकालिन लगानी, लगानीको उचित क्षेत्रमा बाँडफांड, आफ्नो जोखिम बहन क्षमता, लगानीको लागि सहि बित्तिय औजारको छनौट आदि कुराहरुमा ध्यान पुर्याउनु सके लगानी सुरक्षित हुनेछ । बजारको उतार चढाव बाट छोटो समय मा धेरै कमाउन खोज्नु मुर्खता मात्र हुनेछ अरु केहि होइन ।

४. जोखिम
‘जोखिम तब उत्पन्न हुन्छ जब तिमी के गरि रहेका छौ तिमी आफैलाई थाहा हुदैन’ बफेट
हामी सबैको चाहना हो छोटो समयमा बढी पैसा कमाउने । अनि हामी लगानी गर्छौ त्यस्तो कम्पनीमा जुन कम्पनीले ज्यादा प्रतिफलको घोषणा गरेका हुन्छन तर हामी बिर्सनछौ कि त्यो ज्यादा प्रतिफल संगै जोडिएको जोखिमलाई । यस्तो तब हुन्छ जब हामी लोभी, ज्यादा जान्ने हुन खोज्छौ । सफलताको कुनै छोटो बाटो हुदैन त्यसको लागि निरन्तर प्रयास, लगन अनि मिहेनत गर्नु पर्छ ।

५. उधारो
उधारो कहिल्यै राम्रो मानिदैन । तर उचित व्यवस्थापन र सदुपयोग गर्न जाने यो पनि राम्रो हुन सक्छ । त्यसो त उधारो कुनै उद्देश्य बेगर लिने गरिदैन साथै फिर्ता गर्ने स्रोतको पनि व्यवस्था मिलाइएको हुन्छ । आफुले लिएको उधारोमा तिर्नु पर्ने त्यसको लागत र आफुले त्यसको सदुपयोगबाट प्राप्त प्रतिफल दाजेर हेर्दा यदि प्राप्त प्रतिफल ज्यादा हुने भए मात्र उधारो लिने गर्नु पर्छ ।

अन्त्यमा तपाई लगानी गर्दै हुनु हुन्छ र तपाई संग उचित ज्ञान छैन भने विज्ञहरुको सल्लाह लिनु पर्छ, लगानी गर्नु पूर्व थुप्रै अध्ययन गर्नु पर्छ र आफ्नो आकस्मिक आवश्यकता विचार गरेर मात्र लगानी गर्नु पर्छ ।

विभिन्न अनलाईन र एजेन्सीहरुको सहयोगमा

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०३:२८