नेप्सेमा थपियो ७३ लाख २३ हजार कित्ता बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा थपियो ७३ लाख २३ हजार कित्ता बोनस शेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ४ प्रतिशतले हुन आउने ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरि ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार बैंकको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार १२:४७