एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा



काठमाडौं । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको छ ।

सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार १८:०८