अपि पावरले फागुन १४ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपि पावरले फागुन १४ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । अपि पावर कम्पनीले फागुन १४ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले ७.५० प्रतिशत बोनस शेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस शेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १८ माघ २०७९, बुधबार ११:५३