तरलता बिस्तारै बढ्दै गएको छ, यसको प्रभाव कन्जुमरमा पर्न समय लाग्छ: गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तरलता बिस्तारै बढ्दै गएको छ, यसको प्रभाव कन्जुमरमा पर्न समय लाग्छ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता बिस्तारै बढ्दै गएको र यसको प्रभाव कन्जुमरमा पर्न समय लाग्ने बताएका छन् । बुधबार राजधानीमा आर्थिक मिडिया सञ्चालक संघ नेपाल(इमान) ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले अहिले अर्थतन्त्र सहज हुँदै गएको बताएका छन् । उनले भने, ‘तरलता बढ्दै गएपछि बैंकले डिपोजिटरलाई बढि ब्याजदर उपलब्घ गरिरहदैन। त्यसपछि कर्जाको ब्याजदर हुँदै तल्लो तहसम्म यसको प्रभाव देखिने छ। देशमा एक किसिमको मन्दी छ, यसलाई स्विकार्दै निस्कनतर्फ लाग्नुपर्छ ।’

त्यसैगरी, उनले आयातमा निर्भर राजश्व रहेको तथा वस्तु तथा सेवाको आयात धान्न देशका युवाहरुलाई निर्यात गर्नु परेको अवस्था रहेकोले यो संरचना सुधार्नु पर्ने पनि बताएका छन् । यसलाई आजको भोलि नै सुधार गर्न नसकिने भएकोले रणनीतिक रुपमा दिर्घकालिन हिसाबले अगाडी बढ्नु पर्ने बताए ।

उनले कोभिडको बेला उठ्न सकिन्छ वा सकिन्न भन्ने अवस्था रहेकोबेला केहि सहुलियत दिनको लागि पुनकर्जा, सहुलियत कर्जा जस्ता उपकरण मार्फत जोगाउने प्रयास गरेको उनले बताए। त्यतिबेलाका सुविधा छोटो समयको लागि भएकोले नै बिस्तारै हटाउदै गएको उनले प्रष्ट पारे। यसले गर्दा नीजि क्षेत्रमा केही असहजता उत्पन्न भएको तर यसलाई स्विकार्नु पर्ने उनले उल्लेख गरे।

उनले भने ‘हामीले यो वर्षको नीति बनाउने बेला बाह्य क्षेत्र दबाबमा थियो। फेरि दबाबलाई मध्यनजर गर्दै केही पोलिसि लियौ। यसले पनि नीजि क्षेत्रमा केही असहजता उत्पन्न गर्यो। तर, उक्त दबाब कम भएपछि अहिले ती व्यवस्था हटायौ।’

प्रकाशित : १८ माघ २०७९, बुधबार २१:११