आयातमुखी अर्थतन्त्र हुँदासम्म नेपालमा समस्या आइरहन्छः अनलराज भट्टराइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आयातमुखी अर्थतन्त्र हुँदासम्म नेपालमा समस्या आइरहन्छः अनलराज भट्टराइ



काठमाडौं । बैंकिङ विज्ञ अनलराज भट्टराइले आयातमुखी अर्थतन्त्र हुँदासम्म नेपालमा समस्या आइरहने बताएका छन् ।बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै अनलराज भट्टराइले अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रको बेशमा लैजान सकिने बताएका हुन् ।

‘आयातमुखी अर्थतन्त्र भएको मुलुकमा जुनसुकै समयमा पनि अर्थतन्त्रमा समस्या देखिन सक्छ, यसबाट जोगिनका लागि उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ,’ उनले भने । ऋण लिएर अनुत्पादक क्षेत्रमा लगाउदा समस्या आएको उनको भनाइ थियो ।

आम नागरिकले पनि अर्थतन्त्रलाई सहयोग पुग्ने गरेर काम गर्न उनले आग्रह गरे । नेपालको भुक्तानीमा पनि समस्या रहेको उनको तर्क थियो । नेपालमा असार मसान्तमा मात्रै भुक्तानी गर्ने परिपाटी रहेको छ । जसले गर्दा सोही समयमा मात्रै काम भएको जस्तो देखिएको भट्टराइको भनाइ थियो । काम सधैभरि नै हुने गरेको छ तर असार मसान्तमा मात्रै काम भएको जसतो देखिनु सिस्टमकै समस्या रहेको उनले बताए ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार २२:२२