कृषि विकास बैंकले साट्नै पर्ने चेक साटेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि विकास बैंकले साट्नै पर्ने चेक साटेन



काठमाडाैं । कृषि विकास बैंकले साट्नै पर्ने चेक ‘गुड फर पेमेन्ट’ नसाटेर ग्राहकलाई दुःख दिएको पाइएको छ । कृषि विकास बैंकको सप्तरीको बोदे बसाइन शाखा कार्यालयले ‘गुड फर पेमेन्ट’ चेक नसाटेर ग्राहकलाई फर्काएको पाइएको हो ।

‘गुड फर पेमेन्ट’ चेक काटिसकेपछि अनिवार्य रुपमा चेक साटिनै पर्ने व्यवस्था छ । अन्य साधारण चेक जस्तो यो चेक बाउन्स गर्ने वा फर्काउने गर्न बैंकले पाउदैन । तर, कृषि विकास बैंकका उक्त शाखाका शाखा प्रमुख राम बचन यादवले ‘गुड फर पेमेन्ट’ चेक समेत फर्कादिएका हुन् ।

शाखा प्रमुख यादवले पनि आफूले ‘गुड फर पेमेन्ट’ चेक दिएको स्वीकार गरे । ‘गुड फर पेमेन्ट’ चेक फिर्ता गर्न नहुने र साट्नै पर्ने विषयमा आफू जानकार रहेको पनि उनले बताए । आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले भने, ‘मबाट गल्ती भएको हो, केही दिनलाई रोकिदिनुस् सर, म केटाहरुलाई भनेको छु मिलाउछु ।’ उनले अहिले यसै बिषयमा रहेर आफु तनावमा परेको समेत बताए ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १२:५९