जीवन बीमा कम्पनीले बीमाशुल्क बापत उठाए साढे ७१ अर्ब माथि, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

जीवन बीमा कम्पनीले बीमाशुल्क बापत उठाए साढे ७१ अर्ब माथि, कुन कम्पनीको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा जीवन बीमा कम्पनीहरुले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १‍०४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
६ महिनाको अवधिसम्ममा कम्पनीहरुको १ करोड ४१ लाख ९ हजार १५० वटा सक्रिय बीमालेख रहेका छन् ।

पुस महिनामा मात्रै जीबन बीमा कम्पनीहरुले १२ अर्ब १३ करोड ५८ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ११ लाख ४४ हजार ८५४ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

त्यस्तै,जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १४ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमा शुल्कबाट आर्जन गर्न सफल भएका छन् । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँमाथि प्रिमियम कलेक्सन गरेको छ । जीवन बीमा क्षेत्रमा उल्लेख्य ब्यवसाय बढाउँदै नेपाल लाइफले पुष मसान्तसम्म १८ अर्बमाथिको बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, एलआइसी नेपालले पनि बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाएको छ । पुष मसान्तसम्म एलआइसी नेपालले ८ अर्ब ७२ करोड रुपैयाँमाथि कुल बीमा शुल्क आर्जन गरेको छ । साथै एलआइसीलाई पच्छ्याँदै नेशनल लाइफले पनि पुष मसान्तसम्ममा ७ अर्ब ६८ करोडमाथि प्रिमियम कलेक्सन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड, सूर्यज्योतिले ४ अर्ब १५ करोड, युनियनले ३ अर्ब ७५ करोड, एशियन लाइफले ३ अर्ब ४६ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड, मेट लाइफले २ अर्ब ५० करोड, प्राइम लाइफले २ अर्ब २६ करोड, आइएमई लाइफले १ अर्ब ९५ करोड, सन नेपाल लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, गुराँस लाइफले १ अर्ब ४३ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १४:३५