ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब को ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब को ऋणपत्र निष्काशन गर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो ।

ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने छ ।

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १६:११