चन्द्रागिरि साकोसद्वारा थप १ लाखको सामुहिक दुर्घटना बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि साकोसद्वारा थप १ लाखको सामुहिक दुर्घटना बीमा



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई १ लाख सम्मको क्षति सुविधा दिदै आईरहेको छ ।

सहकारीले संस्थालाई प्राथमिकता दिई कारोवार गर्नुहुने सदस्यहरुको माघ २० गते देखि लागु हुने गरी बीमा कम्पनिसंग समन्वय गरी थप १ लाखको सामुहिक दुर्घटना बीमा गरेको हो ।

थप बीमाको यो सुविधा संरक्षित पुँजी फिर्ता कोषबाट न्युनतम ३७ रुपैयाँ सम्मको सुविधा प्राप्त गर्ने सदस्यहरुलाई उपलब्ध हुने जनाएको छ । सो व्यवस्था अनुसार उक्त बिमालेखले ५८८० जना सदस्यहरुलाई सहकारीले समावेश गरेको छ ।

उक्त बीमालेखले सदस्यहरुको दुर्घटनाबाट हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तताको क्षति समावेश गरेको छ । साथै, सदस्यहरुले गरेको कारोवारको थप सक्रियताले आगामी दिनमा अझ बढि सुविधाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै लगिने पनि सहकारीले जनाएको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार १६:१३