एनबी इन्स्योरेन्सले पायो कारोबार अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबी इन्स्योरेन्सले पायो कारोबार अनुमति



 काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले पुन कारोबार सुरु गर्ने भएको छ । बीमा समितिले एनबीको बारोबार फुकुवा गरेपछि कारोबार सञ्चालनको तयारी गरिएको हो । समितिले बुधबार एनबी इन्स्योरेन्स कम्पनीलाई कारोबार गर्न अनुमति पत्र हो । कम्पनीले पुराना सबै कैफियत सुधार गर्न र नयाँ व्यवस्थापनसहित कारोबार गर्ने प्रतिबद्धता जनाएकाले कारोबार गर्न सुरु गर्ने अनुमति दिइएको समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

एनबी इन्स्योरेन्सलाई निर्जीवन बीमा व्यवस्थापन अन्तर्गतका सबै कारोबार गर्न फुकुवा गरेका छौं, पुराना कैफियत सुधार गर्नेसहितको प्रतिबद्धता आएकाले र व्यवस्थापन नयाँ समूहले सम्हालेकाले स्वीकृति प्रदान गरिएको हो, निर्देशक कार्कीले बताएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार ०१:२८