सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ?



काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ सोमबार बाँडफाँट भएको छ । कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।

यसमा १ लाख ७४ हजार ३०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकामा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।

यो मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो ।

सोही सेयर आज बाँडफाँट गरिएको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, कालिन्चोक सुपर मादी हाइड्रोपावरकोे वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार ११:३४