सिद्धार्थ इन्सुरेन्सको खुद नाफा ४.४० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ इन्सुरेन्सको खुद नाफा ४.४० प्रतिशतले बढ्यो



काठमाडौं । सिद्धार्थ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा ४.४० प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा यसको नाफा १४ करोड ११ लाख ५४ हजार रुपैयाँ रहेको थियो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन २४.५२ प्रतिशतले बढेर पुस मसान्तसम्म ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यसको बीमा शुल्क आर्जन ६० करोड ३४ लाख ४६ हजार रुपैंया रहेको थियो ।

सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष ३०.७६ प्रतिशतले घटेर २८ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । बिमा कोषको आकार १७.०२ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिशेयर आम्दानी (वार्षिक) २० रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा रहेको छ । सिद्धार्थ हाल प्रिमियर इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार १२:०४