हिमालय एयरलाइन्सले यसै महिना नयाँ जहाज थप्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय एयरलाइन्सले यसै महिना नयाँ जहाज थप्ने



काठमाडौं ४ माघ । हिमालय एअरलाइन्सले यही जनवरी महिनाभित्र आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँगन्तब्यहरुमा उडान सुरु गर्ने भएको छ । हिमालय एयरलाइन्सले एअरबससँग लामो समयसम्मको लागि उक्त जहाज ड्राइलिजमा लिन लागिको हो ।

उक्त जहाज आएपछि कम्पनीले मलेसियाको क्वाललाम्पुरमा माघ २८ गतेदेखि म्यानमारको याङगुनमा फागुन १३ गतेदेखि उडान सञ्चालन गर्न लागेको हो । ९एन–एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त एअरबसमा १५८ इकोनोमी क्लास सिट क्षमताको रहेको छ ।

हिमालय एअरलाइन्सले आफ्नो कार्यकालको दोश्रो वर्षमा नैदोश्रो विमानथप्नलागेको हो भने२०१७सालभित्रथपदुई विमानथप्ने योजनाबनाएको छ ।आफ्नायात्रुहरुलाई आन्नददायियात्राको अनुभवदिलाउनको लागिएअरलाइन्स्ले नयाँविमानमाआरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने छ ।

योजनाकाअनुसार एअरलाइन्स्ले हप्ताको पाँच दिन क्वालालम्पुर, र हप्ताको दुई दिन याङगुनमा उडान सञ्चालन गर्नेछ । हिमालय एअरलाइन्स्ले कार्निभल ट्राभल एसडिएन विएचडी र माइ गोल्डेन लायन एभियशन प्रालिलाई क्रमशः मलेशिया र म्यानमारको जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । यिनीहरुले बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

एअरलाइन्सले काठमाडौं(क्वालालम्पूर(काठमाडौंको लागि सुरुवाती टिकट दर २५ हजार ३७५ रुीपयाँ (राउण्ड ट्रिप) र क्वालालम्पूर(काठमाडौं( क्वालालम्पुरको लागि मलेसियन रिंगेट ९२८ (राउण्ड ट्रिप) कायम गरेको छ ।

त्यसैगरी काठमाडौं(याङगुन(काठमाडौंको लागि २९ हजार छसय रुपियाँ र याङगुन(काठमाडौं(याङगुनको लागि अमेरिकी डलर ३२० (राउण्ड ट्रिप) कायम गरिएको छ । यो टिकटदरमा सरकारी कर लागु हुने जनाइएको छ । दोहा र कोलोम्बोसँगै क्वालालम्पुर र याङगुन जोडिएपछि एअरलाइन्स्ले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्ने जनाएको छ ।

एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले नयाँ एअरबसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुदृढ बनाउने बताए । उनले लडान सञ्चालन गर्न लागिएका दुई गन्तव्य यात्रुहरुको बड्दो धार्मिक र मनोरञ्नात्मक यात्राको मागलाई सम्बोधन गर्न मात्र नभई नेपाल, क्वालालम्पुर र याङगुनबीच मित्रताको सम्वन्ध विस्तार गर्न सहयोग पुग्ने बताए ।

नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स गएको अगष्ट २०१४ मा स्थापित भई २०७३ को जेठबाट कतारको दोहा र  सन् २०१६ को अक्टोबर १ देखि श्रीलंकाको कोलम्बो उडान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : ४ माघ २०७३, मंगलवार १२:०७