३५ वर्ष उमेर पार गरेकाले लोकसेवा भिड्न पाउने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३५ वर्ष उमेर पार गरेकाले लोकसेवा भिड्न पाउने !



काठमाडौँ । अब ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरूले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको निर्णय अनुसार स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् ।

लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो ।

उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार १२:२९