शिव शिखर बहुउद्देश्यीय सहकारीको धनगढी कार्यालय अनिश्चितकालिन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शिव शिखर बहुउद्देश्यीय सहकारीको धनगढी कार्यालय अनिश्चितकालिन बन्द



काठमाडाैं । देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिले आफ्नो धनगढीको कार्यलय बन्द गरेको छ ।

उसले हाल आर्थिक मन्दीका कारण सबै बचत कर्ताको एकै पटक चल्ती खाता मुद्दती रकम र शेयर रकम झिक्न आउदा पूँजी व्यवस्थापन गर्न कठिन भएको र कर्जा अशुलीका लागि समस्या भएको देखाउदै कार्यलय बन्द गरेको हो । उसले अर्को सूचना नआए सम्म र पूजी व्यवस्थापन नभए सम्म कार्यलय बन्द राख्ने जनाएको छ ।

सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी (कर्जा) असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको बताएका छन्।

सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि यो सहकारीका देशभरका सेयरधनी र ग्राहकले धमाधम रकम झिक्न थालेका हुन्।

शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार १६:०५