नाैँ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाैँ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम विपरीत काम गरेको भन्दै कारवाही गरेको छ । कारबाही गरेका बैंकमध्ये ४ वटालाई नगद जरिवाना गराएको छ भने केही बैंक भने सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गर्नेमा परेका हुन् ।

केन्द्रीय बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको छ । प्रभु बैंकलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको छ ।

यता, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ । माछापुच्छ्रेले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको पनि राष्ट्र बैंकले जनाएको छ ।

यता, सानिमा बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएपछि राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, नबिल बैंकले पनि ‘सम्पति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था’ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएकोे छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १२:५७