भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा ‘टिभिएस लभ एक्सप्रेस’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको टिभिएस स्कुटरमा ‘टिभिएस लभ एक्सप्रेस’



काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।

यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा ६००० रुपैयाँसम्मको स्योरशट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्रि वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो जसमा भएको बिएस ६ र आरटि-एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ ।

यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिटररेस) चेन्ज अप्सनले गर्दा आफुलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ ।

साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफुले चाहे जसरि कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले जम्मा ३,९९९ रुपैयाँ ९१३३ रुपैयाँ प्रतिदिन०, २५५ डाउन पेमेन्ट गरेर ११.९९५ ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार १३:३३