माग्नु भन्दा पहिला खर्चको स्पष्ट खाका लेउः पुर्वअर्थमन्त्रीहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माग्नु भन्दा पहिला खर्चको स्पष्ट खाका लेउः पुर्वअर्थमन्त्रीहरु



काठमाडौं । पूर्वअर्थमन्त्रीले दाता सम्मेलनका लागि खर्च हुने स्पष्ट कार्यान्वयनको खाका प्रस्तुत गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार दाता सम्मेलनको सुझावका लागि अर्थमन्त्री डा. रामशरण महतले बोलाएको कार्यक्रममा पूर्वअर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, पूर्वमुख्यसचिव र पूर्वअर्थसचिवले कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत गर्न सुझाव दिएका हुन् ।

उनीहरुले दाताहरुले पारदर्शिता, जवाफदेहिता र आफूले सहायता दिने रकमको सदुपयोगबारे प्रमुख रुपमा प्रश्न उठाउने बताउँदै स्पष्ट खाका र रणनीतिसहित प्रस्तुत हुन सरकारलाई सुझाव दिएका थिए ।finanass

दाताहरुले कार्यान्वयनको ढाँचाबारे चासो राख्छन्, सरकारले यसबारे प्रष्ट रुपमा र विश्वासिलो योजना प्रस्तुत गर्नुपर्छ, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, नयाँ आउने दाता र पुराना दाताहरुसँग छुट्टाछुट्टै प्रस्तुत हुनुपर्छ, सर्तसहितको ऋण स्वीकार्नुहुन्न ।

उनले विदेशी वित्तीय संस्थाबाट सरकारले लिएको साँवा ब्याज रकममा छुट दिन तथा सकेसम्म अनुदान लिनेतर्फ केन्द्रित हुन आग्रह गरे ।

पूर्वअर्थमन्त्री वर्षमा पुनले राजनीतिक सहमतिमा नवनिमार्ण र पुननिर्माणको निर्देशक सिद्धान्त बनाएर खर्च गर्ने माध्यमबारे स्पष्ट योजना बनाउनुपर्ने बताए । नेपालमा स्रोतभन्दा खर्चको समस्या देखिएको छ, त्यसकारण दाताहरुसामू सरकारले खर्च हुनसक्ने पत्यारिलो आधार र कार्यविधि बनाउनुर्प पुनले भने । कार्यान्वयनका लागि समुदाय परिचालनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले दाता सम्मेलन अघि वैदेशिक सहायतासम्बन्धी रहेको थ्रेस होल्ड हटाएर खुला रुपमा सहयोग गर्ने वातावरण निमार्ण गर्न आग्रह गरेको खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार ०३:०८