सरकारसंग ६ बुँदे सम्झौँता गर्दै चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम स्थगित, यस्ता छन् सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सरकारसंग ६ बुँदे सम्झौँता गर्दै चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम स्थगित, यस्ता छन् सम्झौता



काठमाडौँ । अस्पतालको सेवा नै बन्द गरि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पताल अघि एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेको विरोधमा चिकित्सकहरु आन्दोलन उत्रिएका थिए ।

घटनामा संम्लग्न प्रहरीमाथि कारवाही अघि बढीसकेको सन्दर्भमा अस्पताल बन्द सम्मको घोषणा गरेपछि चिकित्सक संघको कदमको आलोचना बढेको थियो ।

आज विहान ८ बजे देखि प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे नेतृत्वको सरकारी बार्ता टोली र डा लोचन कार्की नेतृत्वको चिकित्सकहरुको बार्ता टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बार्ता गरेका थिए ।

छ बुँदे सम्झौंतामा घाइते चिकित्सकको निशुल्क उपचार देखि सवारीलाई व्यवस्थित गर्नका लागि सुझाव दिने सम्मका बुँदामा सम्झौँता गरिएको छ ।

छ बुँदे सम्झौताको अन्तिममा आन्दोलन फिर्ता लिएर आ आफ्नो जिममेवारी सम्हाल्न आव्हान गरिएको छ ।

प्रकाशित : २९ माघ २०७९, आईतवार १३:५६