नेप्सेमा ३ दशमलब २५ अंकको गिरावट , कारोबार रकम ९ प्रतिसतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा ३ दशमलब २५ अंकको गिरावट , कारोबार रकम ९ प्रतिसतले घट्यो



काठमाडौँ । साताको अन्तिम  दिन बिहिबार  नेप्से परिसूचकमा ३ दशमलब २५ अंकको  गिरावट आएको  छ ।  बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसूचक ९ सय २४ दशमलब ६० अंकमा कारोबार बन्द भएको छ । ‘क’ बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलब ७७ अंकले घटेर १ सय ९७ दशमलब ७१ अंकमा  बन्द  भएको छ । त्यसै गरि फ्लोट इन्डेक्स ० दशमलब १९ अंकले र  सेन्सेटिभ  फ्लोट इन्डेक्स ० दशमलब १७ अंकले गिरावट आएको छ ।

आज १ सय २१ कम्पनीको १ हजार १ सय ८७ कारोबारबाट ४ लाख ७४ हजार ६ सय ८८ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ३२ लाख ४ हजार ७ सय २५ बराबर रुपैंयाको कारोबार भएको छ । बुधबारको तुलनामा करिब ९ प्रतिसतले कारोबार रकम घटेको छ ।

उपपरिसूचकहरुमा होटेल समूह ३ दशमलब १९ र जलविधुत समूह ६ दशमलब ५५ अंकले वृद्धि भएको छ भने वाणीज्य बैंक समूह २ दशमलब ३४ अंक, बिकाश बैंक समूह ० दशमलब ६८ अंक, बित्त्तीय समूह १ दशमलब ५ अंक, इन्स्योरेन्स समूह १८ दशमलब ११ अंक,उत्पादन तथा प्रसोधन २  दशमलब ८ अंक र अन्य समूह १० दशमलब ५७ अंकले घटेका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी एभरेस्ट बैंक लिमिटेडको २ करोड १४ लाख ७४ हजार २४ बराबर रुपैंयाको कारोबार भएको छ । साहारा विकाश  बैंक लिमिटेडको सर्वाधिक ४ प्रतिसत ३८ प्रतिसतले मूल्य बढेको छ भने प्रिडेनसिएल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक १० प्रतिसतले मूल्य घटेको छ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार १४:०३