भन्सारका महानिर्देशकलाई अर्थमन्त्रालयमा बोलाएर महराले भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्न भएन” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भन्सारका महानिर्देशकलाई अर्थमन्त्रालयमा बोलाएर महराले भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्न भएन”



काठमाडौ ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन ।

“एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर भन्नुभयो–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्न भएन ।”  वर्षौ देखी एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरीरहरको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएका हुन ।

आधुनिक उपकरण सहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाइ चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले बिशेष निर्देशन दिए ।

भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाइ  तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाटनै चुस्त दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको वताए ।

प्रकाशित : ६ माघ २०७३, बिहीबार ०६:१०