क्लिन भिलेज माईक्रोफाइनान्सको १ लाख २० हजार कित्ता प्राथमिक शेयर निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्लिन भिलेज माईक्रोफाइनान्सको १ लाख २० हजार कित्ता प्राथमिक शेयर निष्कासन



काठमाडौं। क्लिन भिलेज माईक्रोफाइनान्स वित्तीय संस्थाले बिहिबार १ लाख २० हजार कित्ता प्राथमिक शेयर निष्कासन (आइपीओ) गरेको छ । प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ता शेयर दरखास्त दिनसक्ने छन् । बैङ्कको शेयर बिक्री छिटोमा असार ७ र ढिलोमा असार १७ गते बन्द हुनेछ ।

शेयरको निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले शेयर रेजिष्ट्ररका साथमा क्लिन भिलेज माईक्रोफाइनान्स वित्तिय संस्था र एनएमबी बैङ्कका विभिन्न शाखाहरुबाट आवेदन दिन सक्ने छन् । उक्त फाइनान्सको साधारण शेयर निष्काशन पश्चात् चुक्ता पूँजी रू. ४ करोड पुग्नेछ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार १४:०८