यति डेभलपमेन्टको मुनाफा १४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यति डेभलपमेन्टको मुनाफा १४ करोड



काठमाडौं, ८ माघ । १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यति डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १४ करोड ४१ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १० दशमलव २७ प्रतिशतले घटेको हो । गत वर्षको सोहि अवधिमा मुनाफा १६ करोड ५ लाख रुपैयाँ कमाएको थियो ।

यति डेभलपमेन्ट बैंकले जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ छुट्याएको छ भने निक्षेप ३७ दशमलव ५५ प्रतिशतले बढेर १२ करोड ६ लाख रुपैयाँ संकलन गरेको छ । बैंकको खुद व्याज आम्दानी १०३ दशमलव २६ प्रतिशतले बढेर २३ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ७ करोड ३८ हजार रुपैयाँ राखेको छ भने खराबकर्जा ९ करोड ४८ लाख रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव २५प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ७८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० दशमलव ७९ रुपैयाँ (वार्षिक), प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ५० रुपैयाँ र तरलता अनुपात २८दशमल ०४ प्रतिशत रहेको छ ।

प्रकाशित : ८ माघ २०७३, शनिबार १२:३०