कृषिमा चार अर्बभन्दा बढीको क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषिमा चार अर्बभन्दा बढीको क्षति



काठमाडौं। सरकारले भुकम्प प्रभावित १४ वटा जिल्लाका किसानलाई निशुल्क धानको वीउ उपलव्ध गराउने भएको छ । धान रोप्नको लागि वीउ राख्ने समय भएकाले किसानलाई निशुल्क रुपमा उपलव्ध गराइने भएको हो । भुकम्प प्रभाविगत जिल्लामा निशुल्क वीउ वितरणका बजेट निकास गरी सम्बन्धित निकायलार्य सरकारले निर्देशन समेत दिइसकेको छ ।

कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले भुकम्प प्रभावित जिल्लामा वीउ वितरणका लागि तिन करोड रुपैयाँ निकासा गरिएको जानकारी दिए । भुकम्पको कारण क्षति परेका सवै जिल्लाका किसानलाई निशुल्क रुपमा वीउ उपलव्ध गराउने तयारी गरिएको उनले जानकारी दिए ।

पशु सेवा क्षेत्रमा उपचार गर्नका लागि दुई करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ । भुकम्पबाट प्रभावित जिल्लामा तत्काल अल्पकालिन, मध्य कालिन र दिर्घकालिन रुपमा गर्न सकिने कार्ययोजना तयार गरिएको सहप्रवक्ता सापकोटाले जानकारी दिए ।

भुकम्प प्रभावित जिल्लामा सहयोग गर्न भारत सरकारात्मक भएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार एक लाख मेट्रिक टन रासायनिक मल, तरकारीको वीउ, कृषिका उपकरण, पाउडर दुध, बेबी फुड र गाईको माग गरिएकाले एक साता भित्रमा आउने तयारी भएको छ ।

राष्ट्रिय बीउ बिजन कम्पनीका कार्यकारी निर्देशक धर्मराज अधिकारीले स्थानीय स्तरमै प्रयाप्त वीउ रहेकाले भुकम्प प्रभावित जिल्लामा अभाव नहुने बताए । तीन हजार चार सय मेट्रिक टन धानको वीउ कम्पनीसँग संचित रहेको र बाँकी आठ सय ८० मेट्रिक टन वीउ निजी व्यवसायीबाट ल्याउन लागिएको उनले जानकारी दिए ।

भकुम्पबाट प्रभावित जिल्लामा हावापानी अनुकुल हुने गरी स्थानीय वीउ निशुल्क वितरण गर्न लागिएको उनले जानकारी दिए । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अभावको बेला वीउमा कृत्रिम अभाव गरी कालाबजारी हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गरिनुपर्ने बताए। भक्तपुरमा गाजरको बीउमा कालाबजारी भएको भन्दै उनले धानको वीउमा पनि हुन सक्ने भएकाले त्यसलाई रोक्न सम्बन्धित निकाय सजक हुनुपर्नेमा उनले जोड दिए । प्रभाविगत जिल्लामा बाहिरबाट वीउ आयात भई कालाबजारी बढ्न सक्ने भएकाले पनि सरकारले चनाखो हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य भारतेन्द्रु मिश्रले बीउको गुणस्तर परिक्षण गरेरमात्र किसानलाई सिफारिस गर्नुपर्ने बताए । भुकम्प प्रभागित जिल्लामा आयातित वीउ आउन सक्ने भएकले स्थानीय स्तरकै वीउ परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

भुकम्पबाट प्रभावित काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, गोरर्खा, रसुवा लगायतका १४ वटा जिल्लामा धानको वीउ नष्ट भएको छ।
दुई साता अघि आएको बिनाशकारी भुकम्पले बाली तथा पशु क्षेत्रमा ठुलो क्षति पुगेको छ । ५५ करोड ५३ लाख रुपैयाँ बराबरको पशु तथा पंक्षी नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ ।

एक लाख ३२ हजार मेट्रिक टन संचित खाद्यान्न नष्ट भएको छ । भौतिक, पशुपंक्षी गरी समक्ष कृषि क्षेत्रमा साढे चार अर्ब रुपैयाँ क्षति भएको छ ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:४४