वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य हुनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य हुनुपर्ने



काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।

विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ ।

अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृत बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेवसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । यस कामको नियमित अनुगमन समेत हुने भएको छ । विभागले त्यसो नगरेमा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलवार १३:२४