किष्ट हस्पिटलमा अरुण चन्दको दादागिरी, बिना नियुक्तीपत्र कर्मचारी हेरफेर मै दंग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

किष्ट हस्पिटलमा अरुण चन्दको दादागिरी, बिना नियुक्तीपत्र कर्मचारी हेरफेर मै दंग



काठमाडौं । ललितपुरको इमाडोलमा रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको ल्याब इन्चार्ज माथि गम्भिर प्रश्न खडा भएको छ । पुराना केही कर्मचारीलाई छाडेर नयाँ नियुक्त भएका कर्मचारी माथि ल्याब इन्चार्जको जिम्मेवारी सम्हालेका अरुण चन्दले दादागिरी देखाउने गरेका हुन्।

कर्मचारी भर्ना गर्दा सामान्य न्यूनतम कुरा नियुक्ती पत्र समेत नदिने गरेको कुरा खुलासा भएको छ । कर्मचारी आउने जाने क्रम अत्यधिक हुँदा ल्याब रिपोर्टमाथिको विश्वासनियतामा आशंका गर्ने ठाँउ देखिएको छ ।

अनुभवी कर्मचारी भन्दा न्यूनतम पारिश्रमिकमा कर्मचारी बिना नियुक्ती पत्र भर्ना गरी छोटो अवधिमै निकाल्ने गर्दा ल्याब रिपोर्टको विश्वासनियतामा आँच आएको पूर्व कर्मचारी बताउँछन् ।

पूर्व कर्मचारीको कथन छ, ल्याब इन्चार्जसँग विशेष सम्बन्ध हुँदा मात्र टिक्न सकिन्छ नत्र काममा मात्र विश्वास गर्ने कर्मचारीलाई निक्लिएर जा भन्ने आदेश हुन्छ । यस विषयमा ल्याब इन्चार्जलाई प्रशासन विभागको पूर्ण साथ र सहयोग रहने गरेको छ ।

नेपालको कानूनले कसैलाई काममा लगाउँदा अनिवार्य नियुक्तपत्र दिनुपर्ने नियम छ र १८० दिन नियमित काम गरेपछि स्थायी नियुक्ती दिनुपर्ने हुन्छ । तर उक्त दुवै कुरालाई लत्याएर, कानूनलाई च्यालेन्ज दिदै ल्याब इन्चार्ज अरुण चन्दले दादागिरी प्रस्तुत गरेका हुन् ।

पूर्व कर्मचारी भन्छन्, उनीसँग विषेश सम्बन्धमा नजिक नहुने कर्मचारीलाई अनावश्यक टर्चर दिने, असुविधा उत्पन्न गर्ने डिउटी बनाउने, अत्यावश्यक बेलामा समेत विदा नदिने, विदा माग्दा राजिनामा दिएर जाउ भन्ने जस्ता अव्यवहारिक र अस्वभनिए काम गर्ने गर्दछन् ।

अर्की एक पूर्व कर्मचारी भन्छिन, यदी कामका आधारमा कर्मचारीको बृद्धि विकास हेर्ने हो भने त मैले यो ल्याबमा प्रमोसन पाउनु पर्ने हो तर बिना कारण नभएका आरोप लगाई ल्याबबाट निकालियो मलाई । कही रिपोर्ट गर्न जाउँ नियुक्ती पत्र नै छैन । नेपाल स्वास्थ्य व्यवसायी परिषद् होस् वा नेपाल मेडिकल काउन्सिल अथवा स्वास्थ्य विभाग नै किन नहोस् यी सबै लगानीकर्ताहरुको गुलामी मै मस्त छन् ।

हाम्रो कुरा सुनेर उनीहरुलाई फाइदा छैन तर लगानीकर्ताहरुबाट त केही फाइदा लिन सकिन्छ भन्ने सोचका छन्, नियमन गर्नु पर्ने निकाय । उनले थपिन, ल्याब इन्चार्जसँग नजिक भएकाले गरेका गम्भिर प्रकृतिका त्रुटीलाई पटक पटक ढाकछोप गरिन्थ्यो तर काममा विश्वास गर्ने म जस्ता कर्मचारीलाई बनावटी आरोप लगाइन्थ्यो । यो तरिकाले गर्दा अस्पताल नै बदनाम हुँदै गएको छ । व्यवस्थापनले यस्ता कुरामा आँखा चिम्लेर २ वा ४ हजार महिनामा कम खर्च भयो भनि दंग पर्दाको परिणाम पनि हो जस्तो लाग्छ, उनीले भनिन् ।

नाम नबताउने शर्तमा अर्की एक कर्मचारीले भनिन् भोली विहानको डिउटी आज राजी ९ बजेसम्म बनाउन सक्ने क्षमता छैन, यी ल्याव इन्चार्ज अरुण चन्दको । भोली विहान ७ बजे कस्को डिउटी हुन्छ, आज राती ९ बजेसम्म थाहा हुन्न । अनी कसरी डिउटी गर्ने रु उनको प्रति प्रश्न थियो । आफ्नो अक्षमताको शिकार नयाँ कर्मचारी बनाउने उनको बानी नै हो ।

किष्ट अस्पताल मात्र होइन उनले स्वास्थ्य क्षेत्रलाई नै बदनाम गराइ रहेका छन्, उनले थपिन् । तपाईहरु नाम किन बताउन चाहनुहुन्न भन्ने प्रश्नमा उनले प्रष्ट्याइन, मेरो सबै हस्पिटलमा नेटवर्क छ, यदी म सँग पंगा लियो भने कही पनि जागिर खान दिन्न भनेर स्वंय एवं उनको विशेष निकट मान्छे मार्फत यस्तो सन्देश दिन्छन् ।

त्यसैले हामी हाम्रो परिचय लुकाउन बाध्य छौं । श्रम विभाग, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्य विभागमा गुनासो गर्नु भएन भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो, एक त उक्त विभाग, परिषद्, काउन्सिलका मान्छेहरुले हामीले विश्वास गर्न सक्ने वातावरण दिन सकेका छैनन् । भविभावकत्व निर्वाह गर्न सकेका छैनन भने अर्को अरुण चन्द मार्फत आएका धम्कीपूर्ण शब्दहरुले पाइलाहरु रोकिन्छन् ।

यदि सम्बन्धित निकाय विश्वास गर्न लायक थिए भने यस्ता अरुण चन्द व्यवहार स्वास्थ्य क्षेत्रमा भित्रिनेनै थिएनन् । सबैको मिलेमतो रहन्छ, मैले रिपोर्ट गर्दा मेरो केश देखाएर प्रत्यक्ष, परोक्ष रुपमा फाइदा लिने प्रवृीत्र छ । अनि मलाई नै घाटा हुन्छ ।

यी माथिका प्रतिनिधि पात्र मात्र हुन्, पीडितको संख्या धेरै नै रहेको बताउँछन्, त्यहाबाट निस्कासित पूर्व कर्मचारीहरु । तर यस पीडालाई महसुस गर्ने, पीडकलाई कारवाहीको दायरामा ल्याउने, आफ्नो अस्पतालभित्रको दादागिरी र फोहोरी क्रियाकलापलाई शुद्धिकरण गर्दै लैजाने अस्पताल संचालकहरुको मनसाय देखिदैन ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १६:०५