नेपाल, युएई र पपुवा न्यूगिनी बीचको ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट खरिद गर्दा २० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल, युएई र पपुवा न्यूगिनी बीचको ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट खरिद गर्दा २० प्रतिशत छुट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्यु निगी बीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ । माइपेका अनुसार टिकटको मूल्य रु १५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा टिकटको मूल्य रु १२० मात्रै निर्धारण भएको हो । खेल आगामी फागुन २५ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्ला खेलहरुमा नेपाली क्रिकेट दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ ।

माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडिलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १२:२७