वित्तीय क्षेत्र गम्भीर संकटमा



काठमाडौं,१२ माघ  । वित्तीय क्षेत्र यतिबेला गम्भीर संकटमा पर्न थालेको छ । लगानीयोग्य रकम अभावका कारण बैंकहरुले कर्जा प्रवाह ठप्प पारेका छन् । लगानीका लागि बैंकबाट कर्जा नपाउँदा वित्तीय क्षेत्र संकटतर्फ गएको हो ।नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंकसँग कर्जा प्रवाहको लागि चाहिने रकम नभएको बताउँछन् । हामीले कर्जा प्रवाह पूर्ण रुपमा रोकिसकेका छौं, उनले भने अर्थतन्त्रमा कर्जा प्रवाह नहुँदा आउने असर गम्भीर हुन्छ यसमा सरकार र केन्द्रीय बैंकले ध्यान दिनु जरीरु छ ।

नेपाल राष्ट्र बैंकले कुल निक्षेप र पूँजी जोडेर आउने रकम (सीसीडी रेसियो)मा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न अनुमति दिन्छ । बैकर्स संघका अनुसार पुस मसान्तमा २८ वाणिज्य बैंकको औसत सीसीडी रेसियो ७८ प्रतिशत छ ।

जसमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको ६७ प्रतिशत छ । तीन बैंकको सीसीडी रेसियो ७६ प्रतिशत छ । तीन बैंकको सीसीडी रेसियो ७६ प्रतिशतभन्दा बढी छ । यस्तै, चार बैंकको सीसीडी ७७ प्रतिशत, आठ वटाको ७८ प्रतिशत भन्दा बढी तथा ११ बैंकको ७९ प्रतिशतभन्दा बढी छ । एउटा बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेको छ ।
पुस मसान्तसम्ममा वाणिज्य बैंकसँग १८ खर्ब रुपैयाँ निक्षेप छ भने १५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा बैंकसँग पुँजी २ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । बैकिङ क्षेत्रमा तरलता अभावको कारण निक्षेपको ब्याजलर १२ प्रतिशत पुगेको छ । २०६६ सालमा तरलता अभाव हुँदा अधिकतमा ब्याजदर १४ प्रतिशत पुगेको थियो ।

सर्वसाधारणलाई १२ प्रतिश ब्याजदरमा निक्षेप तान्ने स्किम आउनुको मतलब कर्पोरेट डिपोजिटको ब्याजदर अझै बढ्नु संकेत गर्छ  यस्तै, मंगलबार अन्तर बैंकमा १० प्रतिशत ब्याजदरसम्म कारोबार भएको छ । दुईसाता अगाडिसम्म औसतमा चार प्रतिशत हाराहारीमा रहेको अन्तर बैंकदर अहिले ६ दशमलव ६८ प्रतिशतमा पुगेको छ ।

निक्षेपको तुलनामा कर्जा प्रवाह बढी गराएका कारण अहिलेको संकट निम्तिएको राष्ट्र बैंकको भनाइ छ । आजको कारोबार दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाै । कुमारी बैंक लिमिटेडले २ लाख २८ हजार ४ सय कित्ता संस्थापक

आरम्भ चौतारीको लाभांश घोषणा

काठमाडाै । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।