इन्टरनेटबिनै मोबाइलमा एसएलसीको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

इन्टरनेटबिनै मोबाइलमा एसएलसीको नतिजा



काठमाडौं । केही दिनभित्रै सार्वजानिक हुन लागेको एसएलसीको नतिजा विद्यार्थीहरुले इन्टरनेट बिनानै आफ्नो मोबाइलमा हेर्न पाउने भएका छन् । एसएमएस सेवा उपलब्ध गराउँदै आएको स्प्यारो एसएमएसले सार्वजानिक गरेको एप्समा यस्तो सुविधा उपलब्ध हुने भएको हो ।
हाल एण्ड्रोइड प्रयोगकर्तालाई मात्र उपलब्ध गराउन यो एप्स गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । एप्समा रहेको इक्जाम रिजल्टमा क्लिक गरेपछी विद्यार्थीले एसएलसी नतिजाको सुचना देख्न सक्नेछन् । सोही सुचनामा पुन क्लिक गरेर सिम्बल नम्बर पठाउनु पर्ने हुन्छ । एसएलसी नतिजा सार्वजानिक हुनासाथ विद्यार्थीले आफ्नो नतिजा मोबाइलको म्यासेज बक्समा पाउनेछन् ।

प्रकाशित : ३ असार २०७२, बिहीबार १५:२५