सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, यस्ता छन् विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, यस्ता छन् विशेषता



कठमाडौं । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो ।

सो सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।

सुजुकीको लेजेण्डरी अलग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् । जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताए । उनका अनुसार यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन हुन । जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकवर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन । सेगमेन्ट–फस्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेञ्जर हुने कम्पनीले जनाएको छ ।

सुजुकीले सार्वजनिक गरेको नयाँ गाडीको यस्ता छन् विशेषताः

न्यू ग्राण्ड भिटारा

ग्राण्ड भिटारा दुई फरक इन्जिनका विकल्पमा उपलब्ध छन् । यो कलात्मक डिजाइन गरिएको गाडी हो। यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ। यसले २७.९७ किलो मिटर माइलेज दिन्छ। यसको राम्रो पावर र पिकअप रहेको छ । यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ। चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ। यसमा ६ वटा एयरब्याग छन्। त्यस्तै , ३६० डिग्राी क्यामेरा र पार्किङ सेन्सर भएको यसमा वायरलेस चार्जर रहेको छ । गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ।

न्यू ब्रेजा

यसमा स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर डाइनामिक हनीकोम्ब प्याटर्न रहेको छ । त्यसैगरी यो गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइनमा तयार गरिएको चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको छ । यसमा इन्टेरियर र थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश गरेको छ । फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट, फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगिन मल्टी इन्फरमेसन डिस्प्ले रहेको छ । नेक्स्ट-जेन टेक्नोलोजमा रंगीन हेड्स अप डिस्प्ले रहेको छ, भने ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर २२.८६ सेमी स्मार्ट प्ले प्रों प्लस इन्फोटेनमेन्ट सिस्टम रहेको छ । साथै, यसमा पनि वायरलेस चार्जर छ । त्यसैगरी, ६ वटा एयरव्याग रहेको छ । यसमा सबै भेरियन्टमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्लस २०ं सुरक्षा सुविधाहरू, रिभर्स पार्किङ सेन्सर, हाई-स्पीड अलर्ट सिस्टम, चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम सबै यसमा रहेको छ । प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट जेन के-सिरिज, १.५ लि. डुअल जेट डुअल भिभिटी इन्जिन २०.१५ कि.मी. रलिटर सम्मको उत्कृष्ट माइलेज रहेको छ ।

यस्तो छ मूल्य

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १५:१८