सेञ्चुरीले ६ महिनामा कमायो २२ करोड ३९ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीले ६ महिनामा कमायो २२ करोड ३९ लाख



काठमाडौं १३ माघ । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २२ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । सेञ्चुरीले गत आवको पहिलो ६ महिनामा १६ करोड सात लाख ६४ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

बैंकले आफ्नो ब्याज आम्दानीमा सुधार गरेसँगै समग्र नाफामा बृद्धि गरेको हो । बैंकले गत वर्षको तुलनामा १२ करोड ६४ लाख रुपैयाँ ब्याज आम्दानी बढाएको छ । सो अवधिसम्म आइपुग्दा बैंकले ३२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले सो अवधिमा ३ करोड १५ लाख रुपैयाँ राइट ब्याक गरेकोे छ । हाल बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको शुन्य दशमलव ४७ प्रतिशत मात्र रहेको छ ।

प्रकाशित : १३ माघ २०७३, बिहीबार ०६:४९