सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु, बलियो कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु, बलियो कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक भई एकीकत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबारको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले गरे । कार्यक्रममा तत्कालिन सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा निर्जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको बताए ।

चैत मसान्तसम्म चुक्ता पुँजी साढे दुई अर्ब रुपियाँ पुर्याउनुपर्ने भएकाले आफूहरु मर्जरको बाटो रोजेको बताउँदै उनले आफूसँग मिल्दो जुल्दो कम्पनी खोज्दा लुम्बिनी जनरल उपयुक्त ठानेको बताए । मानन्धरले सगरमाथा लुम्बिनी निर्जीवन बीमाको क्षेत्रमा बलियो र एक नम्बर कम्पनी हुने विश्वास पनि व्यक्त गरे ।

कमपनीका सीईओ क्षेत्रीले बीमा चेतना बढ्दै गएको बताउँदै बीमाकै कारण रोजगार मात्रै नभएर स्वरोजगार पनि बढेको बताए । उनले नयाँ बीमा ऐनआएसँगै प्राधिकरणले क्षेत्रीय शाखाहरु खोल्न थालेपछि बीमा सेवाका लागि केन्द्र मात्र नभई गाउँ गाउँमा पनि सेवा पाइने अवस्था सिर्जना भएको बताए ।

दुवै कम्पनी एक भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सिलिको)लाई बलियो कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार १८:३३