एसियन लाइफ इन्सुरेन्सले ८.५० प्रतिशत बोनस सेयर दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

एसियन लाइफ इन्सुरेन्सले ८.५० प्रतिशत बोनस सेयर दिने घाेषणा



काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । एसियनले ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।

अब नियामक निकाय बिमा प्राधिकरण र आगामी साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । गत वर्ष एसियनले १४.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६५ लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलवार ११:०२