नर्भिकमा डा. नूतन शर्माको निःशुल्क ओपिडी हुने, ल्याब र टिभिएसमा भारी छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

नर्भिकमा डा. नूतन शर्माको निःशुल्क ओपिडी हुने, ल्याब र टिभिएसमा भारी छुट



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाई छ । निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन् ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलवार १२:२०