आन्दोलनरत व्यवसायीद्वारा विरोधका कार्यक्रम फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आन्दोलनरत व्यवसायीद्वारा विरोधका कार्यक्रम फिर्ता



काठमाडौं । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर विगत ४ दिनदेखि विरोधमा रहेका व्यवसायीले मंगलबार साँझ प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट पाएपछि व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए ।

उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १२:५६