बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू



काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।फागुनमा बचतमा ६‍.४२ देखि ८‍‍.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १३:१८