दिगो पर्यटन विकासलाई प्राथमिकता दिन जरुरी छ ः पर्यटनमन्त्री किराँती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

दिगो पर्यटन विकासलाई प्राथमिकता दिन जरुरी छ ः पर्यटनमन्त्री किराँती



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकास, बिस्तार र विविधिकरण गर्न दिगो पर्यटन विकास कार्यलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले बुधवार काठमाडांैमा गरेको क्षेत्रीय कार्यशाला गोष्ठीमा मन्त्री किराँतीले यस्तो बताएका हुन् । कोरोना माहामारीले पर्यटन उद्योगलाई तहसनहस गरेको तर, पछिल्ला दिन विस्तारै तहमा फर्किन खोजेको बताउँदै उनले यस्ता गतिविधिले पर्यटन क्षेत्रमा आशाको सञ्चार गरेको बताए ।

उनले भने,‘कोभिड–१९ को प्रभाव कम हुदै जाँदा विश्वको पर्यटन लयमा फर्किदै गएको छ । यहीक्रममा कार्यशाला आयोजना भएको छ । कार्यशालामा विभिन्न व्यक्तिबीच छलफल र बहस हुनेछन् । यसले नेपालको मात्र नभई विश्व पर्यटनलाई नयाँ दिशा निर्देश गर्ने छ ।’

पर्यटन उद्योगको क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार र निजी तथा गैर सरकारी क्षेत्रसँग संयुक्त लागानी र साझेदारी गर्न साझा दृष्टिकोण बनाउन आवस्यक रहेको उनको भनाई छ । नेपाल विश्वका राम्रो पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक मात्रै नभएर आध्यात्मिक पर्यटनको रसस्वादन गर्न समेत उनले विश्व समुदायलाई आवह्वान गरेका छन् ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १४:४६