किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

किसानलाई मलमा दिएको अनुदान कटौती विरुद्धमा राप्रपा सडकमा



काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट किसान संगठनले मलमा दिइरहेको अनुदान कटौतिको विरोधमा आज काठमाडौमा धर्ना दिएको छ । बुधबार काठमाडौंको माइतीघरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले मलमा दिइएको अनुदान कटौतीको विरोधमा धर्ना सहितको प्रर्दशन गरेको हो ।

कार्यक्रममा सहभागिहरुले, बारी त जोतियो मल कहाँ छ ?, मेरो संवेदना र आँसु तिमी सर्वहाराको नेता??लगायत काप्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै, राप्रपा बाग्मति प्रदेश सांसद सुनिल केसीले किसान माथि राजनीति भइहरेको भन्दै आक्रोस पोखे ।

उनले भने “किसान भनेको भगवान हो ,भोको पेटले सेवा हुदैन,जुन खाद्यान्न हामीले खान्छौ उहाँहरु प्रति नै राजनीति भईरहेको छ । दलाल भगाउ देश जोगाउ किसानलाई साथ देउ । किसानको अनुदानमा सहज तरिकाले किसानलाई मल ल्याउने वातावरण सिर्जना गर्ने राप्रपा अहिले मैदानमा उत्रेको छ ।”

सभासद केसीले सरल सहज र सुपथ मुल्यमा किसानले मल पाउनु पर्नेमा जोड दिदै किसानका समस्या के छन त्यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १५:०२