सुन बजार प्रभावित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुन बजार प्रभावित हुने



काठमाडौं – सुन कारोबार त्यति नहुने असार महिना यो वर्ष झनै प्रभावित हुने सुन ब्यवसायीहरुको अनुमान छ । अरु वर्षहरुमा पनि वर्षा, रोपाँइ र लगन कम हुने भएकोले त्यति उत्साहजनक नहुने असार महिना यो वर्ष झन भूकम्पका कारण भएको क्षति, त्रास र मलमास महिना पनि भएकोले व्यापार नहुने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यको अनुमान छ ।

पहिलेको वर्षहरुमा असार महिनामा दैनिक १० देखि १५ किलोसम्म सुनको कारोबार हुने गरेको शाक्यले बताए । विशेष गरेर बैशाख र जेठ महिना व्यापारको दृष्टिकोणले राम्रो महिना भए पनि शक्तिशाली भूकम्पका कारण यसपाली बैशाख र जेठ महिनामा व्यापार नभएको नेपाल सुन चाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । पहिलेका वर्ष सिजनमा दैनिक ४० किलोको हाराहारीमा कारोबार हुन गरेकोमा जेठ महिनामा व्यापार १० प्रतिशत जति मात्र भएको महर्जनको भनाइ छ ।

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०२:०७