मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना सञ्चालनमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई करोड रुपैयाँसम्म कर्जा दिनेगरी ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअनुसार २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिदलगायत कर्जाहरु पाइनेछ । कागजात पूरा गरेर पेस गरेको तीन दिनभित्र कर्जा पाइने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गतको कर्जा बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिनेछ ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १६:२५