डीडीसीले बढायो दूधको मूल्य, लिटरको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

डीडीसीले बढायो दूधको मूल्य, लिटरको कति पुग्यो ?



काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ। डीडीसीले बिहीबारदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको मूल्य बढाउने निर्णय गरेको हो।

डीडीसीले दूध मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ। सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य भने आज चैत १ गतेबाट लागू गरिएको डीडीसीले जनाएको छ। दही, पनिरलगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गर्ने तयारीमा डीडीसी रहेको छ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १७:३६