सहकारीका सदस्यलाई निराधार हल्लाको पछि नलाग्न महासंघकाे अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीका सदस्यलाई निराधार हल्लाको पछि नलाग्न महासंघकाे अपिल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका सदस्यलाई निराधार हल्लाको पछि नलाग्न अपिल गरेको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सहकारी संस्था बचाउन र सदस्यको बचतको सुरक्षण गर्ने कार्य सदस्यबाटै हुने भएको हुनाले निराधार हल्लाको पछि नलाग्न सदस्यलाई आग्रह गरेको छ ।

महासंघले हल्लाको पछि लागेर संस्थाका संचालक एवं कर्मचारीमाथि दुव्र्यबहार तथा हुलदंगा नगरी सामान्य परिस्थितिमा झैं संस्था सहजरुपमा संचालन हुने बाताबरण बनाइदिन अपिल गरेको छ ।

साथै सदस्यलाई प्रतिकुल अवस्था रहेको हुनाले धर्य गर्न समेत अपिल गरेको छ । त्यसैगरी जिल्ला, प्रदेश, केन्द्रीय र सहकारी बैंकलेसमेत सदस्यहरुको समस्या समाधानकालागि संस्थाहरुसंग सहजीकरण र रचनात्मक भूमिका खेल्न भनेको छ ।

केही संस्थाहरुले गरेको गल्तीका कारण सवै सहकारीलाई उस्तै ठानी सवै सदस्यले एकै पटक बचत फिर्ता लिन जाने कार्य नगरीदिनु हुन महासंघले अपिल गरेको छ ।

सदस्यले संस्थामा एकैपटक बचत फिर्ता लिन जाने नगरी संस्थालाई तरलता ब्यवस्थापन गर्ने बाताबरणका लागि संयमता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार २१:२३