आजदेखि दूधको नयाँ मूल्य लागू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

आजदेखि दूधको नयाँ मूल्य लागू



काठमाडौं । दुग्ध विकास संस्थानले वृद्धि भएको दूधको मूल्य आजबाट कार्यन्वयनमा ल्याएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध पठाइएको डीडीसीले जनाएकाे छ ।

संस्थानका अनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेर प्रतिलिटर ८६ रुपैयाँ रहेको दूध ९७ रुपैयाँ पुगेको छ । त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ ।

गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यसैगरि, चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार १०:५३