सुनको मुल्य एकैदिन तोलामा १ हजार रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य एकैदिन तोलामा १ हजार रुपैयाँ बढ्यो



काठमाडौं । सुनको मुल्य बिहीबार पनि उच्च अंकले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य १३ सय रुपैयाँ कायम रहेको थियो । यसअघि माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार ११:४३