महासम्मेलनले सहकारीको आगामी दिशा निर्देशन गर्नेछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महासम्मेलनले सहकारीको आगामी दिशा निर्देशन गर्नेछ



पछिल्लो समय सहकारी महासंघ के गदै छ ?

महासंघ अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय र वित्तिय क्षेत्रमा देखा परेका समस्यालाई सामाधानका लागि विभिन्न निकायसंग लभिङको काम गरिरहेको छ । यसबाट सहकारी क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भनेर मन्त्रालयका सचिव, विभागसँग  रजिष्ट्रार र राष्ट्र बैंकका गभर्नरसंग छलफल गर्ने तयारीमा लागिरहेका छौं । त्यसैगरी महासंघले चैतमा आयोजना गर्न लागेको सहकारी महासम्मेलनको तयारीमा पनि छौं । अन्तर्राष्ट्रिय सहकारी दिवस पनि आउन लागेको छ । त्यसका लागि थिम तय भै सकेको छ र र सो अनुसार दिवसका कार्यक्रमहरु अगाडि बढाउने तयारीमा महासंघ छ ।

सहकारीमा समस्या एकातिर छन् । यही बेला महासम्मेलन पनि गर्दै हुनुहुन्छ ?

महासम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वहरुको सहभागिता हुने भएकाले बर्तमान परिस्थितीमा सहकारीमा देखिएका समस्याको जड कुरा के हो, यसबाट कसरी पार पाउन सकिन्छ । आगामी दिनमा सहकारी अभियानलाई कसरी बढाउउने, २०३० सम्म नेपालको सहकारी अभियानलाई कुन उचाइमा पुर्याउने भन्ने कुराको  दिशानिर्देशनका साथ विषयवस्तुहरु प्रस्तुत हुने छन् । यसबीचमा एकिकरण र स्वनियम सुशासनलाई सहकारीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने छौं । साथै यसमा सरकारी निकायका व्यक्ति, अभियानका प्रमुख वित्तिय संघ सस्थाका व्यक्तिहरुको सहभागिता रहनेछ । यी सबैसंग मिलेर यो अभियानलाई अगाडी बढाउने तयारीमा छौं ।

अहिले सहकारीमा देखिएको समस्या समाधानमा महासम्मेलनले समाधान देला ?

यस महासम्मेलनले सहकारी क्षेत्रको समस्या समाधानका लागि के, कस्ता उपायहरु अवलम्बन गर्नुपर्छ भन्ने कुराको दिशानिर्देशन गर्ने काम गर्छ । कार्यक्रमको अन्तिममा हामीले घोषणा पत्र (साझा पत्र) जारी गर्ने कार्यक्रम राखेका छौं । जसले हाम्रो समग्र सहकारी अभियानलाई अगाडी बढउन अध्यायदेशको काम गर्नेछ ।

महासम्मेलनमा कति सहभागि हुने अपेक्षा छ ?

कार्यक्रममा आठसय भन्दा बढीको सहभागिता हुने अपेक्षा छ । मलाई विश्वास छ कार्यक्रम प्रभावकारी नै हुन्छ भन्ने र त्यहि अनुरुप तयारी रहेको छ ।

महासम्मेलनमा भाग लिन आउने पाहुनालाई नेपालको सहकारी आन्दोलनका बारेमा के सन्देश दिन चाहनुभएको हो ?

कतिपय पाहुना फोरममा भाग लिनुहुन्छ । हामीले मिटिङ्ग, मुद्दामा केन्द्रीत प्रोगामहरु आयोजना गरेका छौं । अहिलेको समग्र विषय बस्तुका बारेमा पाहुनाहरुलाई जतिसक्दो जानकारी दिने कोशिस गर्नेछौं । साथै, भाग लिने बाहिरका स्रोत व्यक्तिहरु पनि आउनेछन् । उनीहरुले आफ्नो अनुभब बाड्ने छन् । जस्तो जापानबाट आउने रिसोर्स पर्सनले एकिकरणलाई कसरी प्रभाबकारी बनाउन सकिन्छ । यो किन आवश्यक छ भन्नेदेखि सहकारी संस्थाको पहिचान लगायतका कुरालाई हामीले कसरी फलो गर्छौ भन्ने कुरालाई समेत अष्ट्रेलियादेखि भारतमा रहेको सहकारीकर्मीहरुले यस बारेमा प्रस्तुतिहरु दिने कार्यक्रम तय भएको छ । 

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १२:५८