जाडो भयाे ? चुइंगम चपाउनुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जाडो भयाे ? चुइंगम चपाउनुस



जाडो मौसममा खाना खाएपछि बाहिर टहलिन मन लाग्दैन । फलस्वरुप पाचन क्रियाले राम्ररी काम गर्दैन र खराब डकार आउने हुन्छ । हालै ब्रिटेनमा गरिएको एक अध्ययनलाई मान्ने हो भने चुइंगमले यो समस्याबाट बचाउँछ ।ब्रिटिश वैज्ञानिकहरुले गरेको एक अध्ययनमा खाना खाएपछि चुइंगम चपाउने गरेमा भोजन नलीमा भएको एसिड तथा खराब डाकरलाई रोक्न मद्दत मिल्ने बताइएको छ ।

चुइंगम चपाउनाले र्याल बढ्छ, जसले पेटमा उत्पन्न हुने एसिडको तिव्रतालाई नियन्त्रण गर्छ । यसको अर्थ खाना खाएपछि चुइंगम चपाएमा केही हदसम्म खराब डकार आउने समस्या कम हुन्छ । छाती पोल्ने समस्यालाई पनि चुइंगम चपाएमा कम हुने बताइएको छ । चुइंगम चपाएपछि बन्ने र्यालले भोजन नलीमा उत्पन्न हुने खराब डकार वा एसिडलाई पेटतिरै धकेल्छ ।

अध्ययनकर्ताले चुइंगम चपाउनुहोस्, तर त्यो सुगर फ्रि हुन आवश्यक रहेको बताएका छन् । जसले वजन नियन्त्रण गरी दाँतलाई किरा लाग्नबाट पनि बचाउँन मद्दत गर्छ । अमेरिकाका विशेषज्ञका अनुसार, चुइंगम चपाउनाले अन्य पनि फाइदा छन्, जस्तै, मुखको व्यायाम हुन्छ, अनुहारको काम नलाग्ने सेल्सलाई टुक्रयाउँछ र अनुहारमा चमक ल्याउँछ । नेपाली हेडलाइनकाे सहयाेगमा

प्रकाशित : ३ पुष २०७४, सोमबार २१:१५