नेप्सेमा दुई कम्पनीको थपियो ७५ लाख बढी कित्ता सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको थपियो ७५ लाख बढी कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार दुई कम्पनीको ७५ लाख बढी कित्ता सेयर थपिएको छ। प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको ७५ लाख १ हजार ५२९.१२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता र गुराँस लघुवित्तको ३९ हजार कित्ता बोनस सेयर रहेका छन्। यी दुवै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार १६:१५